विराटनगरलाई लुम्बिनीले दियो एनपिएलकै सर्वाधिक लक्ष्य
काठमाडाैं | मंसिर १९, २०८१
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई बलियो टार्गेट पेश गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले विराटनगरलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको हो ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गर्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए ।
उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे ।
पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए ।
सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे ।
विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे ।
आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो । काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

